१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा 'माओवादी केन्द्र'का अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका छन्।  

नेता नेपाललगायत वाम गठबन्धनका उम्मेदवारलाई मत माग्ने उद्देश्यका साथ शुक्रबार आफ्नो निर्वाचन कार्यक्रम छोट्याएर काठमाडौँ आइपुगेका अध्यक्ष दाहाल आज पेप्सीकोला क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा सहभागी भए।  

अध्यक्ष दाहाल र नेता नेपालले पेप्सीकोला क्षेत्रमा करिब दुई घण्टा घरदैलो गर्दै स्थानीयसँग मत मागेका थिए। 

दुई पूर्वप्रधानमन्त्री मतदाताको घरदैलोमा पुग्दा स्थानीयले ताली बजाएर स्वागत गरेका थिए । घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विगत केही दिन अघिदेखि नै नेपालको चुनावीसभामा सहभागी हुने इच्छा भए पनि व्यस्तताका कारण नभ्याएको भन्दै सहभागी भएर मतदातासँग मत माग्न पाएकोमा खुशी व्यक्त गरे। 

उनले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल पनि गरे । 'यस क्षेत्रका लागि मात्र होइन नेपालको राजनीतिका लागि पनि आवश्यक व्यक्ति हुनुहुन्छ माधव नेपाल,' दाहालले भने, 'यस्तो व्यक्ति तपाईहरुले प्राप्त गरेका छन्। यो तपाईहरुको पनि गौरवको कुरा हो।'

सभालाई सम्बोधन गर्नुहुँदै नेता नेपालले फड्को हानेर जोखिम मोल्ने अर्थात राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति दाहाललाई चुनावीसभामा सँगै पाउँदा आफूलाई खुसी लागेको बताए । उनले भने, 'हामी दुई फरकफरक आन्दोलनका प्रतिक हौँ,' नेपालले भने, 'अहिले एकै ठाउँ उभिएका छौं।'
 

प्रकाशित: १६ मंसिर २०७४ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App