२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रुखमा पोष्टर टाँस्दै स्थानीयले सोधे, ‘माननीयज्यू बाटो कहिले बन्छ ?’

पश्चिम सुर्खेतको बड्डीचौरदेखि खम्मागाढेसम्मको १२.६ किलोमिटर सडक निर्माण नगरेको भन्दै स्थानीयले प्रतिनिधि सभा सदस्य दिक्पालकुमार शाहीको फोटो टाँसेर विरोध जनाएका छन्। 

दैलेख २ बाट निर्वाचित सांसद शाहीले यो सडक कालोपत्रे गर्नका लागि २०७९ भदौ ५ गते ठेक्का संझौता गरेका थिए। २०८० असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सडकको भौतिक प्रगति जम्मा १३ प्रतिशत मात्रै छ।

समयमै काम नगरेको भन्दै स्थानीयहरूले नेता ठेकेदार शाहीको फोटोहरु निर्माणस्थलमा टाँसेर लेखेका छन्, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ?’

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने यो सडक खण्डको १२.६ किलोमिटर सडक कर्णाली प्रदेश सरकारले निर्माण गर्ने निर्णय गरेको थियो। मदन भण्डारीले काम गर्दा ढिलो हुने भन्दै प्रदेश सरकारले जिम्मा लिएको थियो। अघिल्लो वर्षको असारमा तत्कालीन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सडक खनेर यसको शुभारम्भ गरेका थिए। पानी पर्दा हिलोले सडक यात्रा कष्टपूर्ण हुनुका साथै घाम लाग्दा धुलोले पश्चिम सुर्खेतमा यात्रागर्नु कठिन छ। अझ म्याद सकिन लाग्दा पनि १३ प्रतिशत मात्रै काम भएकाले दवाव दिनका लागि पोष्टर टाँस गरिएको स्थानीयले बताएका छन्।

यो सडक कालोपत्रे गर्नका लागि प्रतिनिधि सभा सदस्य शाहीको अनक जयदेवी जेभीले पूर्वाधार विकास निर्देशनालय सुर्खेतसँग ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा संझौता गरेको थियो।

प्रकाशित: १२ कार्तिक २०८० ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App