१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश नं. ३ मा ४३ पूर्व सांसद भिड्दै

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनमा प्रदेश नं ३ मा लोकतान्त्रिक गठबन्धनबाट २२ जना र वाम गठबन्धनबाट २१ जना गरी ४३ जना पूर्व सांसद्ले उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक गठबन्धनबाट ११ जना नयाँ र वाम गठबन्धनबाट १२ जना नयाँ अनुहार छन् ।
लोकतान्त्रिक गठबन्धनबाट दोलखा, रामेछाप, सिन्धुली, रसुवा, धादिङ, चितवन क्षेत्र २ भक्तपुर १, काठमाडांै क्षेत्र ३ र ७ मा नयाँ अनुहार छन् । बाँकी सबै क्षेत्रमा पूर्व सांसद मैदानमा छन् । यता बाम गठबन्धनले काभ्रेको १ र २, नुवाकोट १ र २ क्षेत्र, धादिङ १ र २ क्षेत्र, भक्तपुर १ र २ बाट तथा ललितपुर १, काठमाडांै १, ३ र ८ बाट नयाँ अनुहार छन् ।
लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिने पूर्व सांसदहरूमा काभ्रेपलाञ्चोक क्षेत्र १ बाट तीर्थबहादुर लामा, सिन्धुपाल्चोक क्षेत्र १ मोहनबहादुर बस्नेत छन् । सिन्धुपाल्चोक २ बाट कांग्रेस र राप्रपाको तालमेलबाट राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणाले उम्मेदवारी दिएका छन् ।
यसैगरी, नुवाकोट क्षेत्र १ बाट डा. रामशरण महत, नुवाकोट क्षेत्र २ बाट अर्जुननरसिंह केसी, रसुवा क्षेत्र १ बाट प्रेमबहादुर तामाङ (नयाँ शक्ति) छन् । चितवन क्षेत्र २ बाट शेषनाथ अधिकारीले उम्मेदवारी दिएका छन् ।
चितवन क्षेत्र ३ मा कांग्रेसको र राप्रपा प्रजातान्त्रिकको तालमेलबाट राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले उम्मेदवारी दिएका छन् । मकवानपुर क्षेत्र १ मा कांग्रेसको समर्थनमा राप्रपाका कमल थापाले उम्मेदवारी दिएका छन् । मकवानपुर क्षेत्र २ बाट महालक्ष्मी उपाध्याय (डिना)ले उम्मेदवारी दिएकी छन् । भक्तपुर क्षेत्र २ मा कांग्रेसबाट दमननाथ ढुंगानाले उम्मेदवारी दिएका छन् भने ललितपुर क्षेत्र १ बाट उदयशमशेर राणाले उमेदवारी दिएका छन् ।
ललितपुर क्षेत्र २ बाट चन्द्र महर्जन, ललितपुर ३ बाट मदनबहादुर अमात्य, काठमाडौं क्षेत्र १ बाट प्रकाशमान सिंह, काठमाडौं २ बाट दीपक कुइँकेल छन् । यसैगरी, काठमाडौं ४ बाट गगन थापा, काठमाडौं ५ बाट डा. प्रकाशशरण महत, काठमाडौं क्षेत्र ६ बाट भीमसेनदास प्रधान, काठमाडौं क्षेत्र ८ बाट नवीन्द्रराज जोशी, काठमाडांै क्षेत्र ९ बाट ध्यानगोविन्द रञ्जित, काठमाडौं १० बाट राजनकुमार केसीले उम्मेदवारी दिएका छन् ।
वाम गठबन्धनबाट उम्मेदवारी दिने पूर्व सांसदहरूमा दोलखा क्षेत्र १ बाट पार्वत गुरुङ, रामेछाप क्षेत्र १ बाट श्यामकुमर श्रेष्ठ (माओवादी), सिन्धुली क्षेत्र १ बाट गणेश पहाडी, सिन्धुली क्षेत्र २ हरिवोल गजुरेल (माओवादी) छन् । सिन्धुपाल्चोक क्षेत्र १ बाट अग्नी सापकोटा (माओवादी) सिन्धुपाल्चोक क्षेत्र २ बाट शेरबहादुर तामाङ छन् । रसुवाबाट जनार्दन ढकाल, चितवन क्षेत्र १ बाट सुरेन्द्र पाण्डे, चितवन २ बाट कृष्णभक्त पोखरेल, चितवन क्षेत्र ३ बाट पुष्पकमल दाहाल (माओवादी) छन् । यसैगरी मकवानपुर क्षेत्र १ बाट  कृष्ण दाहाल, मकवानपुर क्षेत्र २ बाट विरोध खतिवडा छन् । ललितपुर क्षेत्र २ बाट कृष्णलाल महर्जन, ललितपुर क्षेत्र ३ बाट पम्फा भूषाल (माओवादी), काठमाडौं क्षेत्र २ बाट माधवकुमार नेपाल, काठमाडौं क्षेत्र ४ बाट डा. राजन भट्टराई, काठमाडौं ५ बाट ईश्वर पोखरेल, काठमाडौं ६ बाट झक्कुप्रसाद सुवेदी (माओवादी), काठमाडौं ७ बाट रामवीर मानन्धर, काठमाडौं ९ बाट कृष्णगोपाल श्रेष्ठ, काठमाडांै १० बाट हितमान शाक्य (माओवादी) ले उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका तर अहिलेसम्म संसदमा आइनपुगेका उम्मेदवारहरूमा दोलखा १ बाट रुद्र खड्का, रामेछाप १ बाट कान्छा तामाङ, सिन्धुली १ बाट प्रेमचन्द्र दाहाल, सिन्धुली क्षेत्र १ बाट नरेन्द्रजंग थापा, काभ्रेपलाञ्चोक क्षेत्र २ बाट मधु आचार्य, धादिङ क्षेत्र १ बाट विश्व अर्याल, धादिङ २ बाट दिलमान पाख्रिन छन् । यसैगरी, चितवन क्षेत्र १ बाट राजेन्द्रप्रसाद वुर्लाकोटी, भक्तपुर क्षेत्र १ बाट बाबुराज जोशी, काठमाडौं क्षेत्र ३ बाट अम्बिका बस्नेत,  काठमाडौं क्षेत्र ७ बाट विक्रम थापा छन् ।

प्रकाशित: ४ मंसिर २०७४ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App