१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

३ सय २० प्रहरी जवानलाई राष्ट्रसंघको सम्मान

काठमाडौं- नेपाल प्रहरीले सुडानको दक्षिणी क्षेत्रमा दिएको सेवाको कदर गर्दै संयुक्त राष्ट्रसंघले नेपाल प्रहरीको जवान टोलीलाई सम्मानस्वरुप पदक प्रदान गरेको छ ।
संयुक्त राष्ट्रसंघीय मिसन दक्षिणी सुडानका प्रमुख डेभिड सिसरले ३ सय २० नेपाली प्रहरी जवानलाई पदक दिएका हुन् । ३ सय २० प्रहरी जवानमध्ये ७ महिला प्रहरी पनि सम्मानित भएका छन् ।
महिला तथा बालबालिकाहरूप्रति महिला प्रहरीले दिएको योगदानको विशेष कदर गरिएको डेभिडले बताए । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेल्लीले सुरक्षाका दृष्टिले नेपाली प्रहरीले जवानले दिएको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई स्वर्ण पदक प्रदान गरिएको हो ।
नेपालले प्रहरी जवानले दिएको योगदानलाई विश्वकै छैठौं मुलुकको सूचीका राखिएको छ ।

 

प्रकाशित: ३० कार्तिक २०७४ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App