११ वैशाख २०८२ बिहीबार
image/svg+xml २३:२४ अपराह्न
राजनीति

मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत मागेका छन्। आजको प्रदेशसभा बैठकमा कार्कीले कोशी प्रदेशका सांसदहरूसँग  विश्वासको मत मागेका हुन्।  

कार्कीले प्रदेशसभाका सबै सदस्यहरूले विश्वासको मत दिएर कोशी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्ने विश्वास व्यक्त गरे। 

नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतका लागि प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पनि पेश गरेका छन्। 

प्रकाशित: १ कार्तिक २०८० ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App