काठमाडौं—प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा सचिव विनोद केसीबीच आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा सम्बन्धमा नेपाली सेनाको कार्य योजनाका बारेमा छलफल भएको छ।
जंगी अड्डामा आज शुक्रबार भएको भेटघाटमा उनीहरुबीच मुलुकको विद्यमान परिस्थिति र नेपाली सेनासम्बन्धी विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सो अवसरमा जंगी अड्डामा वर्तमान वस्तुस्थिति, सेनाका विभिन्न निकायको जिम्मेवारीलगायत आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा सम्बन्धमा कार्य योजनाका बारेमा प्रस्तुतीकरणसमेत भएको थियो।
प्रकाशित: २३ कार्तिक २०७४ १४:४९ बिहीबार