२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ: राष्ट्रपति पौडेल

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ भएको बताएका छन्।

शुक्रबार राष्ट्रपति भवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै  विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनर्स्थापनामा मात्र हैन मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रँदा आफ्नो पेसागत मूल्यमान्यता अनुरूप देश र जनतालाई सुसूचित गर्ने काममा सदैव अग्रसरता देखाएका स्मरण गर्दै लोकतन्त्रको आधार स्तम्भ भएको बताएका हुन्।

‘सत्य अन्वेषण र सत्य सम्प्रेषण अहिलेको मिडियाको मुख्य चुनौती हो किनकि अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ। यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पु¥याउन सक्नेतर्फ सचेत हुन म तपाईँहरूलाई आग्रह गर्दछु’, राष्ट्रपति पौडेलले भने।

पत्रकारिता जगतले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रूपान्तरणका पक्षमा कलम चलाउनेछैन भन्ने मलाई आफूलाई विश्वास लागेको पनि बताए।

प्रकाशित: २६ आश्विन २०८० १३:०५ शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेल