११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजपाले सडक नाटक गर्ने

काठमाडौं- राजपाले दुई नम्बर प्रदेशको चुनावलाई विशेष प्राथमिकतामा राख्दै त्यहाँबाट उम्मेदवार बनेकालाई विजयी गराउन घरदैलो अभियान, कोणसभा गर्ने रणनीति तय गरेको छ । यसका साथै सडक नाटक गर्ने पनि नेताहरुले बताएका छन् ।
राजपाका महासचिव केशव झाले भने, ‘दुई नम्बर प्रदेशमा हामीले सडक नाटक गर्ने, घरदैलो गर्ने, चुनावी सभा गर्नेजस्ता रणनीति बनाएका छौं ।’ राजपा अध्यक्ष मण्डलका सबै सदस्य दुई नम्बर प्रदेशमै सक्रिय छन् । उनीहरू प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
संघीय समाजवादी फोरमले दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका पार्टीका १० नेताको जित निश्चित रहेको आकंलन गर्दै तिनै क्षेत्रहरुलाई प्राथमिकतामा राखेको छ ।  अध्यक्ष यादव चुनावी रणनीति बनाउन काठमाडौंमा  छन् । उनी काठमाडौंमा करिब पाँच दिन बस्ने भएका छन् । मंगलबार पार्टीको बैठक बस्दैछ ।
 

प्रकाशित: २१ कार्तिक २०७४ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App