४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

फाइल तस्बिर

राष्ट्रिय सभाले 'राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन' गर्नका लागि मस्यौदा समिति गठन गरेको छ।  

आज बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो।  

समिति सदस्यहरूमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुल प्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहेका छन्। त्यसैगरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद पनि सदस्य रहेका छन्। त्यस्तै डा. विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा रहेका छन्।

मस्यौदा समितिले राष्ट्रिय सभा र समितिमा सुव्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखापरेको कठिनाइहरू पहिचान गरि नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेश जनाइएको छ।  

समितिले सदस्यहरू मध्येबाट एकजना सभापति चयन गर्ने तथा समिति आफैँले कार्यविधि बनाउने बताइएको छ। सो मस्यौदा समितिलाई पुष १४ गते सम्मको कार्यावधि दिइएको छ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकि सभापति दिलकुमारी रावल थापा पार्वतीले राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन २०७९/८० पेश गरेकी छिन्।  

प्रकाशित: २६ आश्विन २०८० ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App