१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

राजपा अध्यक्ष मण्डल : को कहाँ लड्दै?

काठमाडौं- तराई मधेस केन्द्रित दलमध्ये महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका शिर्ष नेताहरुको उम्मेदवारी क्षेत्र निर्धारण भएको छ । 
संघीय फोरमले अध्यक्ष यादव सप्तरी–२ र बरिष्ठ उपाध्यक्ष अशोक राई सुनसरी–१ वाट उम्मेदवार बन्ने औपचारिक घोषणा गरेपछि राजपाले पनि शिर्ष नेताको उम्मेदवारी टुंगो लगाएको छ । मंगलवार राती र बुधवार विहान वसेको राजपाको वैठकले निर्वाचन लड्ने क्षेत्र टुंगो गरेको हो । 

 

महन्थ ठाकुरः महोत्तरी–३ 
राजेन्द्र महत्तोः धनुषा–३ 
शरदसिंह भण्डारीः महोत्तरी–२
महेन्द्रराय यादवः सर्लाही–२ 
अनिलकुमार झाः रौतहट–१
राजकिशोर यादवः सिरहा– ४

औपचारिक रुपमा घोषणा हुन वाँकी रहेता पनि राजपा अध्यक्ष मण्डलका सवै नेता प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उठ्ने भएका छन् । समानुपातिक सूचीको पहिलो नम्बरमा रहेका महन्थ ठाकुरलाई पनि सो सूचीबाट निकालेर प्रत्यक्षतर्फको उम्मेदवार वनाइएको महामन्त्री जितेन्द्र सोनलले जानकारी दिए । ‘महन्थजी महोत्तरी–३ र राजेन्द्रजी धनुषा–३ वाट चुनाव लड्दै हुनुहुन्छ,’ सोनालले नागरिकन्यूजसँग भने, ‘अन्य शिर्ष नेताको पनि क्षेत्र टुंगिसकेको छ, औपचारिक घोषणा हुन वाँकी छ ।’  संघीय फोरम र राजपाबीच क्षेत्र वाँडफाँड भएपछि उम्मेदवार चयनमा व्यस्तता बढेको छ ।


राजपा नेताका अनुसार अध्यक्ष मण्डल मध्ये राजपा अध्यक्ष शरदसिंह भण्डारी महोत्तरी–२ वाट लड्नेछन् भने अर्का अध्यक्ष महेन्द्र राय यादव सर्लाही–२ वाट लड्दैछन् । अनिलकुमार झा रौतहट–१ वाट लड्दैछन भने राजकिशोर यादव  सिरहा–४ बाट निर्वाचन लड्दैछन ।

शीर्ष नेता मध्ये सिरहा–४ भने डा. विरेन्द्र महतोका लागि नछाड्ने भन्दै संघीय फोरमले अडान कसेको भएतापनि अन्त्य मंगलवारको अन्तिम बैठकवाट राजपाका लागि उसले छाडिदिएको थियो । जसकाकारण यादव सो क्षेत्रवाट चुनाव लडने पक्का भएको छ भने महत्तो समानुपातिकमा जाने भएका छन् । संघीय फोरमका महासचिव रामसहाय यादव पनि बारा–२ वाट प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् ।

उता, महासचिव÷महामन्त्रीहरु मध्ये मनिष सुमन, जितेन्द्र सोनाल, केशव झा, उपेन्द्र महतोलगायतका नेताहरु भने क्रमशः प्रदेश सभामा बसेका छन् । 

बरिष्ठ नेताहरु मध्ये संघीय फोरमका रेणु यादव, सरिता गिरी, रत्नेश्वरलाल कायस्थ, राजेन्द्र श्रेष्ठ समानुपातिकमा परेका छन् भने राजपाको समानुपातिक सूचीमा चन्दा चौधरी, अकवाल अहमद शाह, रामनरेश राय यादवलगायतका वरिष्ठ नेता भने समानुपातिक सूचीमा अटाएका छन् ।

प्रकाशित: १५ कार्तिक २०७४ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App