१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

नवनियुक्त मुख्यसचिव रेग्मीद्वारा पदभार ग्रहण

पदभार ग्रहण गर्दै नवनियुक्त मुख्य सचिव लाेकदर्शन रेग्मी । तस्बिर : दिपेश

काठमाडौँ –  नवनियुक्त मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार पदभार ग्रहण गरेका छन् । सरकारले पहिलो र दोस्रो वरीयताका सचिवलाई पाखा लगाउँदै तेस्रो वरीयताका सचिव रेग्मीलाई सोमबार  मुख्यसचिवमा  नियुक्त गरेको हो।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण मंगलबार अवकाश पाउने भएपछि रिक्त हुने मुख्यसचिवमा रेग्मीलाई तीन वर्षका लागि नियुक्त गरिएको हो ।

 गत असार २९ गते मुख्यसचिव बनेका राजेन्द्रकिशोर क्षेत्री ५८ वर्षे उमेरहदका कारण ३ महिना १० दिनको कार्यकालपछि अवकाश पाएसँगै रेग्मी नेपालको २४औं मुख्यसचिव बनेका हुन्।

प्रकाशित: ८ कार्तिक २०७४ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App