२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।

खतिवडाले ५ सय १२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी विनोद ढकालले ४ सय ३० मत ल्याए। ३५ मत बदर भएको निर्वाचिन समितिले जनाएको छ।

लेटाङ घर भएका खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन्। विराटनगर घर भएका ढकाल केन्द्रीय कमिटी सदस्य थिए।

त्यसैगरी, सचिवमा पाँचथरका राजकुमार भण्डारी ५ सय २४ मत प्राप्त गर्दै विजयी हुँदा उदयपुरका शैलेश लामाले ३ सय ८१ मत प्राप्त गरे। उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६ सय २८ मत र खोटाङका देवान राई ६ सय १० मत प्राप्त गर्दै विजयी भइन्। मोरङका खेम नेपाली ३ सय ९८ मतका साथ उपसचिवमा विजयी भएका छन्। निर्वाचित सबै जना खतिवडाकै प्यानलबाट छन्।

उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्। आइतवार राति भएको निर्वाचनमा ९७७ मत खसेको थियो।

प्रकाशित: १६ आश्विन २०८० ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App