११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले कञ्चनपुरबाट ५४ जना सिफारिश

भीमदत्तनगर - नेकपा (एमाले) कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिश गरेको छ ।एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्ला कमिटीबाट उम्मेदवारको नाम प्रदेश नं ७ को प्रदेश कमिटीमा पठाइएको जानकारी दिए ।

 

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा प्रत्यक्षतर्फ तारालामा तामाङ, खेम सुवेदी र गीता जैशीको नाम प्रदेश कमिटीमा पठाइएको छ । त्यसैगरी, क्षेत्र नं १ बाट प्रदेशसभाका लागि प्रदेश (क) मा लाबहादुर विक, स्थिरप्रसाद घिमिरे र पार्वती हमाल तथा प्रदेशसभा (ख) का लागि राजेन्द्रप्रसाद जोशी, अक्कल विष्ट र मर्यादा विष्टको नाम सिफारिश भएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दप्रसाद कलौनी, नरबहादुर धामी र जानकी पन्तलाई जिल्ला कमिटीले सिफारिश गरेको छ । उक्त क्षेत्रको प्रदेशसभाका लागि (क) मा जयराज पाण्डेय, मोहनसिंह रावल र लक्ष्मी बुढा तथा (ख) मा लालबहादुर खड्का, वचनबहादुर सिंह र सीता बोहराको नाम सिफारिश गरिएको एमालेका उपसचिव रणबहादुर महराले जानकारी दिए ।

त्यस्तै, निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षमा डा दीपकप्रकाश भट्ट, लीलाध्वज बस्नेत र निरुदेवी पालको नाम जिल्लाले छनोट गरी प्रदेश कमिटीमा सिफारिश गरेको छ । क्षेत्र नं ३ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ प्रदेश सभा (क) मा कृष्णदेव पन्त, प्रकाश रावल र विमला भट्ट तथा (ख)मा खेम भण्डारी, राजीव खड्का र पुनम चन्द (सिंह) को नाम सिफारिश गरिएको छ । उपसचिव महराले जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २७/२७ जनाको नाम सिफारिश गरिएको जानकारी दिए। विसं २०७० को निर्वाचनमा एमालेले कञ्चनपुरमा रहेका चारवटै निर्वाचन क्षेत्रमा पराजय बेहोरेको थियो।

प्रकाशित: २२ आश्विन २०७४ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App