२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजनीतिक अस्थिरताले संघीयता प्रति वितृष्णा पैदा भयो: मुख्यमन्त्री कार्की

संविधान दिवसका अवसरमा कोशी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा सहभागिहरू। तस्बिरः चुमन बस्नेत/नागरिक

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको बताएका छन्।

नवौं संविधान दिवसका अवसरमा प्रदेश सरकारले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशवासीमा संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको बताएका हुन्।

जनतामा देखिएका निराशा र व्यवस्था माथि नै देखिएको चुनौतिलाई सामना गर्न सबै राजनीतिक दलहरूवीचमा सहमति र सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताए। मुख्यमन्त्री कार्कीले विषम परिस्थितिमा जनभावनालाई बुझेर अघि बढ्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आग्रह गरे।

‘राजनीतिक अस्थिरताले प्रदेशवासीमा संघीयता प्रतिनै वितृष्णा पैदा भइरहेको छ’ कार्कीले भने, ‘अहिलेको विषम परिस्थितिमा जनभावनालाई बुझेर अघि बढ्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई  आग्रह गर्दछु।’  हिमाली तथा पहाडी क्षेत्रबाट भइरहेको बढ्दो बसाईसराई, वातावरण विनाश, परापूर्वकाल देखिको रहँदै आएको धार्मिक संहिष्णुता र सामाजिक सद्भावमा खलल पु¥याउने गतिविधि, बढ्दो वेरोजगार, नकारात्मक आर्थिक सूचकांक प्रदेशको चुनौतिका रुपमा देखिएको मुख्यमन्त्री कार्कीले बताए। यी चूनौतिहरूलाई अवसरमा बदल्न सबै राजनीतिक दल तथा प्रदेशवासीहरू एक जुट हुन आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताए।  

प्रकाशित: ३ आश्विन २०८० ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App