१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश २ ले पायो पहिलो महिला मेयर

माओवादीका तर्फबाट रौतहटको मौलापुर मेयरमा विजयी रीनाकुमारी साह। तस्विरः मदन ठाकुर

रौतहट—प्रदेश नम्बर २ मा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रीनाकुमारी साह निर्वाचित भएकी छिन्।

निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका रविन्द्र पटेललाई १८३३ मतले पछि पार्दै साहले फराकिलो अन्तरले जित निकालेकी हुन्। पार्टीभित्र कविता नामले परिचित साहले ३९३३ मत र पटेलले २१०० मत प्राप्त गरेका छन्।

नगरपालिकामा उपमेयर पदमा माओवादी केन्द्रकै गौरी शंकर प्रसाद जयसवालले जित हात पारेका छन्। जयसवालले ३८९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवारले १६५० मत मात्र प्राप्त गरेका छन् ।

प्रकाशित: ५ आश्विन २०७४ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App