१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राजनीतिक लुछाचुँडीले देश बन्दैन: अध्यक्ष ओली

इटहरी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक लुछाचुँडीले देश विकास नहुने बताएका छन्। उनले विकासमा बाधक हुने गरि राजनीति नगर्न सवैलाई आग्रह गरे।

‘राजनीतिका नाममा लुछाचुडी गर्दा अब देश बन्दैन, विकास जहाँको त्यही हुन्छ,’ अध्यक्ष ओलीले शनिबार इटहरी उपमहानगरपालिकाको प्रथम नगरसभाको उद्घाटनका क्रममा भने, ‘राजनीति स्वच्छ गर्नुहोस्, अस्वच्छ नगर्नुहोस्।’

उपमहानगरपालिकाले चालु आर्थिक बर्षका लागि निर्माण गर्ने बजेट, नीति तथा कार्यक्रमकमा वाईपास गरेको भन्दै राजनीतिक दलहरुले असन्तुष्टी जनाई रहेका बेला बजेट सार्वजनिक नगरि उद्घाटन कार्यक्रम मात्र गरिएको हो। 

नेता ओलीले एउटाले विकास गर्दा अर्कोले विरोध गर्ने संस्कारकै कारण विकासले गति लिन नसकेको बताए । ‘एउटाले बाटो बनायो अर्काले बिरोध गर्ने । एउटाले स्कुल बनाउँदा अर्को समूह बिरोधमा उत्रिने अनि अस्पताल बनाउने बिरुद्द लाग्ने संस्कार नै गलत बस्यो,’ उनले भने, ‘अब यस्ता गलत संस्कारबिरुद्द सवै जना संगठित हुनुपर्छ।’

उनले राजनीतिका नाममा कुन दल ठूलो भनेर स्कुले उमेरमा केटाकेटीबीचको बकृत्वकला प्रतिस्पर्धा जस्तो तर्क वितर्क नगरिकन विकासमा एक जुट भएर लाग्न आग्रह गरे।

स्थानीय तहमा बिजयी हुने मेयर, उपमयेर, वडाअध्यक्ष र सदस्यले जनताको काम गर्न कुन पार्टीको भनेर सोध्न नमिल्ने ओलीले बताए। ‘सवैले भोट दिएपछि तपाईंले (जनप्रतिनिधी) जित्नु भएको हो । कसैले भोट दिएनन भने पनि सवैले मलाईं भोट दिए भनेर सम्झनुहोस्,’ उनले भने, ‘तपाईं जितेको सवैको काम गर्न हो। फराकिलो भावना राख्नुहोस् ।’ उनले इटहरीलाईं कस्तो वनाउने जिम्मा नगर कार्यकारिणी सभाको भएको जिकिर गरे।

नेता ओलीले पूर्व–पश्चिम र उत्तर–दक्षिण जोडिएको चौबाटो भएका हिसावले प्रदेश नं. १ को राजधानी इटहरी हुनु राम्रै हुने बताए । ‘धरान साँघुरो छ। विराटनगरमा भद्रगोल छ,’ उनले भने, ‘म निर्णय गर्ने ठाउँमा पनि छु । जसले गर्दा चुनाबी भाषण जस्तो जहाँ पुग्यो, त्यही ठाउँको बारेमा बोल्नु उपयुक्त हुन्न । तर, इटहरी प्रदेश नं. १ को राजधानी हुँदा राम्रै हुन्छ ।’ उनले राजधानी बनाउने आधारहरु बाटाहरु कसरी व्यवस्थित गर्ने, कलेज, अस्पताल, मेडिकल कलेजजस्ता पूर्वधार कहाँ राख्ने योजनामा समेटिनुपर्ने बताए।

उपमहानगरपालिकाले वडालाई दिने बजेटमा नेपाली काँग्रेस र संघीय समाजवादी फोरमले शुक्रबार ज्ञापनपत्र नै बुझाएर असन्तुष्टि जनाएका थिए । वडालाई दिने बजेटमा सिलिङ् तोकेमा फोरम लोकतान्त्रिक नेपालले पनि असन्तुष्टि जनाएको छ।

वडामा ४० लाख भन्दा बढी बजेट नदिने र लक्षित वर्गको कार्यक्रम वडामार्फत खर्च नगरि सोझै उपमहानगरपालिबाट गर्ने गरि बजेट विनियोजन गर्ने तयारी गरेकाले गर्दा दलहरु असुन्तष्ट भएका हुन् । दलहरुको असन्तुष्टसँगै सरोकारवालासँग छलफल नै नगरि बजेट ल्याउने लागेको भन्दै आलोलना भएकाले गर्दा अब असोज ४ गते मात्र बजेट सार्वजनिक गरिने भएको छ।

प्रकाशित: ३१ भाद्र २०७४ ११:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App