४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इँटको जवाफ पत्थरले दिन प्रधानमन्त्रीको निर्देशन

विराटनगरमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिरः चुमन बस्नेत/नागरिक

प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकर्तालाई गालिगलौच भए, बदमासी भए इँटको जवाफ पत्थरले दिन निर्देशन दिएका छन्।

विराटनगरमा सोमबार आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा गालीगलौच गरेर राजनीतिज्ञ जस्तो देखिनेहरू विरुद्ध  उत्रिन कार्यकर्तालाई निर्देशन दिएका हुन्।

दाहालले भने,‘जीवनभर संघर्ष गरेर गणतन्त्र ल्याउनेहरू रक्षात्मक र सामाजिक सञ्जालमा   गलिगलौच गरेको भरमा नेता बनेकाहरू राजनीतिज्ञ जस्तो देखिन थालेको छ। ति चै ठूला हामी जीवनभर संघर्ष गरेका जेलनेल भोगेका हामीचाही डराएजस्ता अब, त्यस्तो होइन। जहाँ गालिगलौच हुन्छ, बद्मासी हुन्छ त्यहाँ इँटको जवाफ पत्थरले दिनेगरी जानुप¥यो। तपाई हामी जुरुक्क उठ्ने हो भने कसैको केहि लाग्दैन।’

भोलिको सन्देशसभा सकिएपछि लाखौं जनता सडकमा ल्याएर हामी जिउँदै छौं भन्ने देखाउने दाहालले बताए। उनले यो कालमा नयाँ लडाई सुरु गर्न लागेको बताए। ‘हतियार उठाउने त हैन। तर, यो लडाई नै हो राजनीतिक लडाई तपाईहरूको मलाई पुरा साथ चाहियो' उनले भने।

प्रधानमन्त्री दाहालले देश र जनताको हितका लागि केहि नयाँ गर्न खोजेको बताए। उनले देश बाहिर रहेका युवाहरूलाई समेत सामाजिक सुरक्षामा आबद्ध गरेको बताए। अनौपचारिक क्षेत्रका श्रमिकहरुलाइ पनि जोड्न सरकार प्रयत्नशिल रहेको उनको भनाइ छ।

उनले मिटरव्याजको समस्या समाधान गर्न प्रयास भइरहेको, नागरिकता समस्या समाधान गरेको दाबी समेत गरे। सरकार जति दिन टिक्छ बेथिति विरुद्ध लाग्ने दाहालले बताए। उनले जसका लागि जनताको साथ अवश्यक रहेको बताए। उनले भने,‘यो सरकार जनताको सरकार भएकोले जनताको सम्स्या समाधान गर्न प्रयासरत छ। सरकारलाई जनताको साथ चाहिएको छ।’

प्रधानमन्त्री दाहालले जनताका समस्या समाधानका लागि हेल्लो सरकार २४ घन्टा संचालन गरेको बताए। धेरै वर्ष देखि रोहिएको पन्चेश्वर परियोजना अघि बढेको। गेम चेन्जर परियोजनाका रुपमा अप्पर कर्णाली पनि अघि बढाउने तयारी सरकारले गरिरहेको बताए। चीन भ्रमणका क्रममा अन्तरदेशिय ट्रान्समिसनलाईन  कोरोला र किमाथांका नाकामा बनाउने सम्बन्धी सम्झौता गरिने बताए।  कोशी प्रदेश नामाकरणको बिषयमा देखिएको असन्तुष्टि  बार्ता मार्फत समाधान गर्न सरकार प्रयासरत रहेको दाहालले बताए।  

प्रकाशित: २५ भाद्र २०८० ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App