१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नगरपालिकाका उम्मेद्वारको  घरमा बम विस्फोट

धनुषा – तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ। 

बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ। धनुषाधाम नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा विस्फोट भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिएका छन्। 

विस्फोट घरको कम्पाउण्डमा भएकाले कुनै मानवीय क्षति नभएको र प्रहरी निरीक्षकको कमाण्ड टोली घटनास्थलस्थलमा राति नै पुगेर घटनामा संलग्नको खोजी कार्यसहित अनुसन्धान शुरु गरिसकेको प्रहरी नायब उपरीक्षक धितालले बताए। रासस 

प्रकाशित: २३ भाद्र २०७४ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App