११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

राज्यले मलाई आतंककारी भनेर टाउकोको मूल्य तोक्दा प्रदीप गिरी प्रतिवाद गर्थे

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियापछि शेरबहादुर देउवासँग पहिलो पटक भेट गराउने व्यक्ति प्रदीप गिरी भएको बताएका छन्।

प्रदीप गिरीको प्रथम वार्षिकी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले आतंककारी भनेर हाम्रो टाउकाको मूल्य तोक्दा प्रदीप गिरीले पार्टीको लाईनभन्दा बाहिर गएर यो राजनीतिक समस्या हो भनेर विचार स्थापित गर्न महत्वपूर्ण भुमिका खेलेको बताए।

पछिल्लो समय प्रदीप गिरीसँग लन्च डिनर र ब्रेकफास्ट पनि सँगै हुन थालेको सम्झदै प्रधानमन्त्री दहालले भने, ‘उहाँ मेरो असाध्यै निकटस्थ मित्र हुनुहुन्थ्यो। खै किन मलाई अलि बढी नै भरोसा गर्न थाल्नुभएको थियो, माया गर्न थाल्नुभएको थियो। उहाँ म कहाँ अलि नियमित आउन थाल्नुभएको थियो, उनले थपे, हाम्रो बीचमा लामो छलफल गर्ने प्रक्रिया सुरु भएको थियो।’

सदनदेखि समाजसम्म मलाई प्रदीप गिरीले आफूलाई विशिष्ट रुपमा प्रस्तुत गरेको दाहालले बताए।

प्रधानमन्त्री दहालले आश्रममा निर्मित प्रदीप गिरीको सालिक र उनको बारेमा लेखिएको पुस्तक अनावरण गरेका थिए।

प्रकाशित: २२ भाद्र २०८० ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App