२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

निगमको जग्गा खरिदमा नीतिगत भ्रष्टाचार: राज्यमन्त्री रज्जाक

भैरहवा- खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले आयल निगमले डिपो स्थानान्तरणका लागि रुपन्देहीमा जग्गा खरीद गर्दा कागजी प्रक्रिया मिलाएर नीतिगत रुपमै भ्रष्टाचार गरेको दावी गरेका छन। प्रेश युनियन रुपन्देहीले आइतबार भैरहवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राज्य मन्त्री रज्जाकले सरकारी स्वामित्वको निगमले भुमाफियासंगको मिलेमतोमा करोडौ रुपैँया कुम्ल्याउन जग्गा अधीग्रहण प्रक्रियामै नगई टेण्डर मार्फत जग्गा खरीद गरेको बताएका हुन्।

निगमले जग्गा खरीदका लागि सुरु देखिनै गलत प्रकृया अपनाएको बताउदै मन्त्री रज्जाकले भने ‘बढो चलाखीपूर्ण ढंगबाट उसले नीतिगत भष्ट्राचार गरी करोडौ कुम्ल्याएको  कसैसामु लुकेको छैन त्यसैले यसको निष्पक्ष छानबिन गरीनु पर्छ।’  दलाल मार्फत चलनचल्तीको भन्दा उच्च मुल्यमा जग्गा खरीद गर्दा राज्यले करौडौं रुपैयाँ नोक्सानी ब्यहोरेको भन्दै छानविन टोलीले सत्यतथ्य बाहिर ल्याउनु पर्ने माग सुरु देखी राख्दै आएको र दोषीलाई जसरी पनि कारबाहीको दायरामा ल्याउन आफ्नो पहल जारी रहने मन्त्री रज्जाकले बताए।

आफु खानेपानी तथा सरसफाइ राज्य मन्त्री भएपनि रुपन्देहीबासीले जिताएर पठाएको सांसद समेत भएकाले निगमले रुपन्देहीमा जग्गा खरीदमा गरेको भ्रष्टाचार प्रकरणका सम्बन्धमा निरन्तर आवाज उठाउने राज्य मन्त्री रज्जाकले बताए।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका मन्त्री रज्जाकले स्वच्छ र सफा खानेपानी सवैलाई उपलब्ध गराउन सरकारले सरसफाइ तथा खानेपानीमा गर्ने लगानी बढाउनु पर्ने पनि बताए। रुपन्देही लगायतका मुलुकमा सबैजसो जिल्लामा सञ्चालित खानेपानी आयोजनाहरुमा बजेट अभावकै कारण समयमै सम्पन्न हुन नसक्दा आम जनताले स्वच्छ पिउने पानी खान नपाएको बताउँदै आधारभुत आवश्यकताको बिषयमा बजेट र नीति दुवै अव्यवहारीक रहेको बताएका हुन । मन्त्री रज्जाकले खानेपानी आयोजनामा सरकारको ४० प्रतिसत र बाँकी जनता तथा दातृ निकायको सहयोगबाट रकम जुटाउनु पर्ने नीतिनै व्यवहारिक नभएकाले यसलाई पुनरावलोकन गरीनु पर्नेमा जोड दिए।

 

 

प्रकाशित: १८ भाद्र २०७४ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App