१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्नुहुन्नः वर्षमान पुन

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्न नहुने बताएका छन्।

उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन बारम्बार दबाब दिने गरेको जिकिर समेत गरे।

पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारलाई सचेत गराए। निर्दोष कोही पनि नपरुन्, दोषी कोही पनि नउम्किने गरी सरकारले सुशासनको क्षेत्रमा काम गर्नुपर्ने उपमहासचिव पुनको भनाई थियो। उपमहासचिव पुनले कुनैपनि नागरिकको सामाजिक छवि नै सिद्धिने गरी आरोपित गर्ने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

उनले भने, ‘अहिले सुशासनको कुरा उठेको छ । सुशासनमा अलिकति बेथितिहरुमाथि प्रहार भएको छ। तर यसमा सरकारलाई हामीले पनि बारम्बार भनिराखेका छौं कि त्यसमा दोषी मान्छेहरुको कोही पनि नउम्किउन, निर्दोष मान्छे एक जना पनि नपरोस्। राज्यको शक्ति एकदम संयमित हुनुपर्ने हुन्छ। राज्यको शक्ति व्यक्तिका लागि, नागरिकका लागि, संगठनको लागि ईमेज सिद्धिन्छ, भविष्य सिद्धिन्छ। परिवार सिद्धिन्छ। सामाजिक सम्बन्ध सिद्धिन्छ एउटा सानो आरोपले। राज्यले आरोप लगाउनु अगाडि धेरै सोच्नुपर्ने हुन्छ। त्यसो हुँदा राज्य कोहीप्रति पनि लक्षित जस्तो देखिनु हुन्न। राज्यसत्ता, राज्यको शक्ति  प्रतिपक्षतिर, सत्ताका गठबन्धनभित्र वा पार्टी भित्र, यस्तो जस्तो देखियो भने त्यसले अस्वस्थ, अमर्यादित खालको शक्ति दुरुपयोगको खतरा हुन्छ। त्यसैले हामीले बारम्बार प्रधानमन्त्रीजी, गृहमन्त्रीजी र सबै साथीहरुलाई भनिराखेका छौं—हामी कोही पार्टीकै नेता होउला। कोही नेताका परिवार होलान्। या कोही नजिकको साथी होला। यदी दोषी देखिन्छ भने कसैलाई छोड्नु हुँदैन। अरुअरु तिर होइन, पहिला आफूतिर हेर्ने हो। तर, निर्दोष छ भने त्यो भिक्टिम हुनु हुँदैन।’

प्रकाशित: १९ भाद्र २०८० १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App