राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएकाे छ।
सोमबार बिहान राष्ट्रपति भवन शीतलनीवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएकाे हाे।
सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।
प्रकाशित: १८ भाद्र २०८० ०७:०६ सोमबार