१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल-पाकिस्तान सम्बन्ध बलियो बनाउनुपर्ने

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र पाकिस्तानबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आपसी हितमा हुने राजनीतिक, आर्थिक लगायतका गतिविधिमा संलग्नता बढाउनु पर्ने बताएका छन्। नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले पाकिस्तानको ७१ औं स्वतनत्रता दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउँदा दिनमा नयाँ सहयोगका ढोका खोजी गर्नुपर्ने जनाए।

'हाम्रा जनतको सामाजिक आर्थिका विकासको चाहना एउटै छ। हामीले सामना गर्नुपरेको विकासका चुनौती पनि समान छन्,' उपप्रधान तथा परराष्ट्रमन्त्री महराले भने, 'यस्ता चुनौतीको सामना गर्दै हाम्रा चाहना पूरा गर्न आगामी दिन सहयोगका नयाँ ढोकाहरू खोजी गर्नुपर्छ।'

शान्त, स्थिर र समृद्ध दक्षिण एसिया यो क्षेत्रको चाहना भएको बताउँदै उनले यो चाहना पूरा गर्न दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) साझा प्लेटफर्म भएको जनाए। 'हामीले यी नतिजा प्राप्त गर्नका लागि बाणिज्य, लगानी, पर्यटन र कनेक्टिभिटीमा ध्यान केन्द्रित गर्नैपर्छ,' उपप्रधान तथा परराष्ट्र मन्त्री महराले भने।

सन् १९४७ अगष्ट १४ का दिन पाकिस्तान बेलायतबाट स्वतन्त्र भएको थियो। यसै दिनलाई पाकिस्तानले स्वतन्त्रता दिवसको रुपमा मनाउँने गर्छ। यसै अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले पनि एक कार्यक्रमको आयोजना गरी आफ्नो स्वतन्त्रता दिवस मनाएको थियो।

प्रकाशित: ३१ श्रावण २०७४ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App