राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बहालवाला एक जना सरकारका महानिर्देशक सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा लामासँग नियमित सम्पर्कमा रहेको सूचना आफूलाई प्राप्त भएको बताएका छन्।
उनले महानिर्देशक मात्र नभई नेपाल प्रहरीका पूर्व प्रहरीहरू पनि लामासँग नियमित सम्पर्कमा रहेको जानकारी भरपर्दो सूचना स्रोतबाट आफूलाई आइरहेको बताए।
‘सुन प्रकरणबारे मलाई आएका यी सबै सूचना अनुसन्धानमा संलग्न निकायलाई दिनेछु’, उनले बुधवार प्रतिनिधिसभाको बैठकमा भने।
सुन प्रकरणका समाचार लुकाउनका निमित्त लामो समयदेखि पत्रकारिता गरेका मान्छेहरू पनि संलग्न भएको लामिछानेले बताएका छन्।
उनले सुन प्रकरणको मुद्दा विगत लामो समयदेखि राजश्व अनुसन्धान विभागले हेर्दै आएकोमा एकाएक सिआइबीलाई किन हस्तान्तरण गरियो ? भन्दै प्रश्न गरेका थिए।
प्रकाशित: ६ भाद्र २०८० १२:१७ बुधबार