१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी नेतृत्वले मधेसीलाई अविश्वास गरेको आरोप

काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ को चुनावी रणनीति बनाउनका लागि एकजना पनि मधेसी अनुहारलाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन्।

आठ जिल्लामा उम्मेदवार चयन देखी अन्य निर्णय गर्न यस अघि दिइएको जिम्मेवारीसमेत खोसेर शिर्ष नेताले नै जिम्मेवारी लिदाँ एउटा पनि मधेसी अनुहार नपरे पछि आपत्ति जनाएका हुन्। त्यसमाथी यस अघि नै दिइएको जिम्मेवारी पनि खोसेर केन्द्रले हस्तक्षेप गरेको भन्दै माओवादीका मधेसी नेताहरु आक्रोशित हुन पुगेका छन् ।

यसअघि जिम्मेवारी पाएका मातृका यादवलगायत मधेसी नेताले त्यसमा शिर्ष नेतृत्व समक्ष आपत्ति जनाउँदै मधेसी अनुहारलाई विश्वास गर्न आग्रहसमेत गरेको बुझिन आएको छ। ‘कोर मधेसमा एउटा पनि मधेसी अनुहारलाई पार्टीले विश्वास गरेर जिम्मेवारी दिएन, यो मधेसी प्रतिको अविश्वास कहिलेसम्म ?’ एक असन्तुष्ट नेताले भने, ‘त्यसमाथी दिइसकिएको जिम्मेवारी पनि खोसेर मधेस भूगोल र पार्टीको अवस्थामा नै नबुझेकालाई केन्द्रवाट हस्तक्षेप गरी जिम्मेवारी दिएर गलत गरिएको छ, यो सच्चिनु पर्छ।’ उनका अनुसार भूगोल र पार्टी अवस्था नै नबुझि केन्द्रवाट शिर्ष नेतालाई पठाएर गलत भएको छ।

यसअघि सो प्रदेशको चुनावी रणनीति, उम्मेदवार चयन देखी अन्य बिषयमा निक्र्यौल गर्नका लागि माओवादीले दुई महिना अघि नै जिम्मेवारी दिएर कामसमेत भईरहेको अवस्था थियो । जसअनुसार सिरहा–सप्तरीमा विश्वनाथ साह, धनुषामा मातृका यादव, महोत्तरी–सर्लाहीमा गिरिराजमणी पोखरेल, रौतहट र वारामा प्रभु साह र पर्सामा उर्मिला अर्याललाई जिम्मेवारी तोकिए पछि कामलाई तिव्रता दिइएको थियो। तर, बुधवार भने उनीहरुको जिम्मेवारी खोसिएर केन्द्रीय कार्यालयले नयाँ अनुहारलाई पुनः जिम्मेवारी दिए पछि तराई मधेसका माओवादी नेतामा असन्तुष्टी बढेको हो।

केन्द्रीय कार्यालयले सिरहामा अध्यक्ष पुष्पकमल दाहाललाई, सलार्हीमा नारायणकाजी श्रेष्ठलाई, धनुषामा रामवहादुर थापालाई नयाँ जिम्मेवारी तोकेको छ । त्यस्तै, रौतहछमा हरिवोल गजुरेललाई, पर्सामा दिनानाथ शर्मालार्ई, सप्तरीमा चक्रपाणी खनाललाई, वारामा डिलाराम आचार्यलाई र महोत्तरीमा विश्वभक्त दुलाललाई नयाँ जिम्मेवारी दिएर पार्टीले खटाएको छ।

नयाँ जिम्मेवारी दिए लगत्तै पुरानो जिम्मेवारी स्वतः खारेज भएको छ। प्रवक्ता पम्फा भुषालका अनुसार यसरी खटाइएका शिर्ष नेताले चुनावी रणनीति तथा उम्मेदवार चयन गर्नेछन् । ‘तर, दुई नम्वर प्रदेशको चुनावी रणनीति वनाउनका लागि माओवादीले समेत कुनै पनि मधेसी अनुहारलाई प्राथमिकता दिएन, रुचाएन, यो दुःखको कुरा हो,’ अर्का असन्तुष्ट नेताले नागरिकसँग भने, ‘मधेसमा माओवादी नेतृत्वको यो रवैया खेदजनक छ ।’ उनका अनुसार मधेसका जिम्मेवारी मधेसी अनुहारलाई दिदा बढी सिट जित्न सकिनेछ, त्यसैले यो सच्चिनु पर्छ ।

प्रमुख सचेतकमा शर्मा 

माओवादी संसदीय दलको वोर्ड वैठकले पार्टीको प्रमुख सचेतकको रुपमा रेखा शर्मालाई जिम्मेवारी तोकेको छ ।

यसअघिका प्रमुख सचेतक टेकवहादुर वस्नेत मन्त्री भए पछि रिक्त उक्त पदमा शर्मालाई जिम्मेवारी दिइएको हो । २०७० को चुनाव पछि माओवादीले तेस्रो पटक प्रमुख सचेतक परिवर्तन गरेको हो । सुरुमा गिरिराजमणी पोखरेल प्रमुख सचेतकको जिम्मेवारीमा थिए।

 

 

प्रकाशित: २० श्रावण २०७४ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App