४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपालमा सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोहीपनि बाहिर नहुने बताएका छन्। 

बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने बताएका हुन्।

उनले विदेशिक रोजगारीमा रहेका श्रमिकहरु समेत सामाजिक सुरक्षाको दायरामा आएका उल्लेख गरे। उनले अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिकहरु र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागि गराइने बताए।

उनले भने, ‘औपचारिक क्षेत्रका निजी संगठित क्षेत्रबाट शुरु हुँदै वैदेशिक रोजगारको क्षेत्रमा समेत सफल कार्यान्वयन भइसकेको सामाजिक सुरक्षा अभियानको योजना आजदेखि अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति समेत जोडिन पुगेका छन्। हिजो वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने काम आफैँमा एउटा दूरगामी महत्वको ऐतिहासिक पहलकदमी थियो। म यस अवसरमा विदेशमा रहेका संस्था त्यसका पदाधिकारीहरुलाई पनि धन्यवाद दिन चाहन्छु। छोटै समयमा झन्डै ३ लाख श्रमिकहरु यसमा आवद्ध हुनु हामी सबैका लागि खुशी र गौरवको कुरा हो। त्यसैले आजको यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोहीपनि बाहिर हुने छैनन् भन्ने सन्देश अवश्य पनि गएको छ। सरकार अन्तर्गत रहेका करारमा रहेका कर्मचारी लगायत सबैलाई पनि आवद्ध गर्नेतिर मेरो प्रतिवद्धता रहेको जानकारी गराउन चाहन्छु। आजको दिनलाई श्रमिक अधिकार स्थापनाको एउटा महत्वपूर्ण ऐतिहासिक दिनका रुपमा हामी सबैले लिनेछौँ भन्ने मैले विश्वास गरेको छु। यो योजना अन्र्तगत अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिकहरु र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागि बनाइनेछ।’

प्रकाशित: ३१ श्रावण २०८० ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App