१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ। आजको बैठकमा प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ।

सभामुखले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्वन हुनुभएको जानकारी गराउने, प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा पक्राउ पर्नुभएको र थुनामुक्त भएकोबारे पनि संसद्मा जानकारी गराइने छ। 

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट आयोगको कार्यअवधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदन समक्ष प्रश्तुत गर्ने, प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रश्ताव पेस गर्ने, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१३ को उपनियम १ बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । 

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद् बैठकमा लगातार अवराेध गर्दै आएकाे छ। सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेकाे एमालेले साे माग पुरा नभएकाेले  आजजकाे बैठकमा एमालेले अवराेध गर्ने सम्भावना छ। 

प्रकाशित: २९ श्रावण २०८० ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App