१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले भ्रष्टाचारका अरु प्रकरणहरूको पनि छानबिन गर्छ: मन्त्री मोदी

फाइल तस्बिर

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरूमा पनि छानबिन गर्ने बताएका छन।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरूमा पनि छानबिन गर्ने बताएका हुन। उनले देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको बताए। 

मन्त्री मोदीले सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको स्पष्ट पारे। सरकारले निर्दोष नपर्ने र दोषी नउम्किने गरी काम गरिरहेको पनि उनले स्पष्ट पारे।

मन्त्री मोदीले स्थानीय तहहरू निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको बताए। उनले मधेस प्रदेशमा अब कतै पनि निमित्तको भरमा स्थानीय तह नचलेको जानकारी दिए। हाल देशभरमा करिब ९० स्थानमा निमित्तको भरमा चलिरहेको भन्दै त्यसको पनि क्रमशः अन्त्य गर्दै जाने बताए। उनले कर्मचारीहरूको सरुवा मेरिटको आधारमा गर्ने पनि बताए। 

मन्त्री मोदीले आफू अनुकुलका कर्मचारीहरुलाई सरुवा गर्नका लागि राजनीतिक तहबाट र स्थानीय जनप्रतिनिधिहरूबाट पनि दबाब आउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे। आफू अनुकुलका कर्मचारीलाई सरुवा गर्दा देशमा सुशासन कायम हुन नसक्ने उनको भनाई छ।

प्रकाशित: १९ श्रावण २०८० १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App