२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी हुन्: वामदेव गौतम

पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरू नै दोषी रहेको बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिहरूको संलग्नता हुन नसक्ने बताए। उनले सुन तस्करी प्रकरणमा मन्त्री र प्रधानमन्त्री भन्दा पनि मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने जानकारी दिए। 

गौतमले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताए। उनले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको बताए। 

नेता गौतमले सुन तस्कर हुनका लागि राजनीतिक संलग्नता हुनु नपर्ने र यस प्रकरणमा पनि राजनीतिक संलग्नता नरहेको जिकिर गरे। 

प्रकाशित: ६ श्रावण २०८० १४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App