४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माघ १२ गते पार्टी स्थापना दिवस, मंसिरबाट घरघरमा कांग्रेस अभियान

नेपाली कांग्रेसले माघ १२ गतेका दिन पार्टी स्थापना दिवस मनाउने भएको छ।

मंगलबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बार्षिक क्यालेन्डरको प्रस्ताव राख्ने क्रममा महामन्त्री गगनकुमार थापाले उक्त जानकारी दिएका हुन्।

‘२००३ माघ १२ गते पार्टी स्थापना भएकाले माघ १२ गते हरेक वर्ष पार्टी स्थापना दिवस मनाइनेछ । यो दिन देश भरमा ६७४३ वटा कार्यक्रम हुनेछन’, उनले भने। महामन्त्री थापाले यी कार्यक्रम वडास्तरमा मात्र हुने जानकारी दिए।  

उनका अनुसार यो दिन हरेक नेता, कार्यकर्ता र शुभचिन्तक आफ्नो वडाको कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्छ। वडा बाहेकका क्षेत्रमा कुनैपनि कार्यक्रम हुनेछैन। सबै जना आफ्नो वडामा जानुपर्छ। अन्य कार्यक्रममा जानका पाउँदैन्। ‘वडाकै कार्यक्रममै अनिवार्य सहाभागी हुनुपर्छ’, महामन्त्री थापाले भने।

उनले मंसिरबाट घर घरमा कांग्रेस अभियान पनि सुरु गर्ने जानकारी दिए। उनले यही महिनामा महिला हिंसा विरुद्घ मंगलादेवी सिंह एक महिने अभियान संचालन गर्ने जानकारी दिए।

यसैगरी महामन्त्री थापाले पुसको तेस्रो सातामा प्रदेश र संघका सांसदसँग बैठक गर्ने जानकारी पनि दिए । ‘यो विधानमा पनि व्यवस्था छ। बजेट माथिको छलफललाई केन्द्र सांसद र पार्टीसँग छलफल गरिनेछ’, उनले भने।  

भदौको मसान्त भित्रमा पार्टीको जिल्ला सम्मेलन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको थापाले जानकारी दिए । सबै आफ्नो क्यालेन्डर अनिवार्य रुपमा बनाउनुपर्ने उनले बताए।

प्रकाशित: २ श्रावण २०८० ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App