१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पाल्पामा नमूना मतदान, स्थानीय भन्छन्- 'उत्साहित छौं'

पाल्पा– रैनादेवी छहरा गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको छ । आइतबार भएको मतदानमा ७ दशमलव ६९ प्रतिशत मत बदर भएको छ । 

निर्वाचन शिक्षा प्रदान गर्न गरिएको मतदानमा ४ दशमलव ६१ प्रतिशत पूर्ण र ३ दशमलव ८ प्रतिशत मत भएको मतदान अधिकृत बिष्णुप्रसाद बेलवासेले बताए । उनी भन्छन्, ‘छहरामा २८ जना महिला र ३५ जना पुरुषले नमूना मतदानमा भाग लिएका थिए । तीन जनाको मत पूर्ण बदर भएको र दुई जनाको आंशिक बदर भएको छ ।’ 

मतदान गर्ने तरिका तथा बदर हुने अवस्थाका बारेमा मतदातालाई जानकारी दिन नमूना मतदान गरिएको मुख्य निर्वाचन अधिकृत भरतमणी खनालले बताए । ‘निर्वाचनको परिवेश झल्कनेगरी राजनीतिक दलहरुको चुनाव चिन्ह, स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्ह, पट्याउने र राख्ने तरिका बारेमा जानकारी दिन मतदातालाई नमूना मतपत्र प्रयोग गरि निर्वाचन गरिएको छ,’ खनालले भने । 

जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सोही स्थानमा सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जिल्लामा मतदानको समयलाई मध्यनजर गरेर सम्पूर्ण सुरक्षा प्रबन्ध गरिएकोले निश्चिन्त भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई आग्रह गरे । जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले मतदातालाई नमूना मतदानले ढुक्क भएर मत खसाल्न उत्साह थपेको बताइन् । कार्यक्रममा सहभागी मतदाताहरुले निर्वाचन शिक्षा अझै घरदैलोमा पुग्न नसकेको बताएका थिए । 

जिल्लामा १ सय १८ वटा मतदान स्थल र दुई सय ६ वटा मतदान केन्द्र रहेका छन् । पाल्पामा ७६ हजार ५ सय ६७ पुरुष, ८५ हजार ६ सय ८५ महिला र १ तेस्रो लिङ्गी गरी १ लाख ६२ हजार २ सय ५३ मतदाता छन् ।

प्रकाशित: २१ जेष्ठ २०७४ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App