१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद बैठक मंगलबारसम्मलाई स्थगित

काठमाडौं- व्यवस्थापिका संसदको बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको छ। नेकपा एमालेले संसद अवरोध गर्ने भएपछि आज ११ बस्ने भनिएको बैठक आज ३ बजेसम्मको लागि सारिएको थियो । तर शीर्ष नेताहरुबीच कुरा नमिलेपछि संसद बैठक नबस्दै दोस्रोपटक स्थगित भएको हो।

यसअघि संसद अवरुद्ध भएपछि मुख्य तीन दलका शीर्ष नेताबीच संसद भवन नयाँ वानेश्वरमा छलफल भएको थियो। सभामुख ओनसारी घर्तीको पहलमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए। शीर्ष नेताहरुबीच भने संसद खोलाउने सबालमा सहमतिमा पुग्न सकेनन्।

भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचन आयोगले शनिबार पुनः मतदानको निर्देशन दिएको थियो। आयोगको निर्णयप्रति आपत्ति जनाउँदै एमालेले पार्टीभित्र निर्णय गरेरै त्यसविरुद्ध मोर्चाबन्दी सुरु गरेको हो। एमालेको विरोधले काँग्रेस सभापति शेरबहादुर देउवाको सत्तारोहण पछि धकेलिएको छ।

प्रकाशित: २१ जेष्ठ २०७४ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App