काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसहित ३२ वडाका निर्वाचित वडाध्यक्ष र सदस्यले जिम्मेवारी सम्हाल्दै सपथ ग्रहण गरेका हुन् ।
प्रमुख शाक्य र उपप्रमुख खड्गीले काठमाडौँ जिल्ला न्यायधीश दीपेन्द्र अधिकारीबाट र वडाध्यक्ष तथा सदस्यले प्रमुख शाक्यबाट राष्ट्रिय सभागृहमा सपथ ग्रहण गरे ।
नगर प्रमुख शाक्यले आजै दिउँसो ३ बजे पदबहाली गर्नेछन् । उनले महानगरपालिकाको कार्यालय बागदरबारस्थित जेडिए कम्प्लेक्समा पदबहाली गर्ने महानगरपालिकाले जनाएको छ ।
भिडियो हेर्नुहोस:
प्रकाशित: १७ जेष्ठ २०७४ ०७:४८ बुधबार