४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले भने: विमोचनमा प्रधानमन्त्री होइन् ज्ञानुको बुबा भएर बोले

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन समारोहमा आफू प्रधानमन्त्री नभइ छोरी ज्ञानुको बुबा भएर बोलेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कार्यक्रममा अलि बढी भावुक भएको र प्रधानमन्त्री भन्दा पनि छोरीको बुबा भएर बोलेको बताएका हुन्।

उनले भने,'छोरी ज्ञानु दाहालको उपचारका क्रममा भएका कुरा सम्झेर बोलेको हुँ। बोल्दा छोरी सुतेको खाट,प्रीतम सिंह जी बसेको कुर्सी सम्झेर बोलेको थिए। नबोलेको भए पनि हुने थियो। म अलि भावुक बनेकै हुँ। म भावनात्म छु। यहि हो प्रचण्ड अब के गर्नुहुन्छ?'

उनले प्रीतम सिंहले २०६७ सालतिर आफ्नो छोरीको उपचार भारतमा गर्ने बेलामा निकै सहयोग गरेको पनि बताएका छन्। प्रीतम सिंहसंग कृतज्ञ बाबुको सम्बन्ध मात्र भएको उनले बताए। 

प्रकाशित: २५ असार २०८० ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App