काठमाडौं- सरकारले स्थानीय तहको संख्या बढाएकोमा राजपाका नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। सरकारले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने उनीहरूले माग राखेका छन्। राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन हुनुपर्ने बताए। 'सरकारले निर्णय गरे मात्र हुँदैन, कार्यान्वयन हुनुपर्छ', ठाकुरले भने।
मधेसमा स्थानीय तहको संख्या बढाएको निर्णयबारे राजपाले मंगलबार बैठक गरी छलफल गर्ने पनि उनले बताए। 'राजपा कसरी जाने भन्नेबारेमा भोलि (मंगलबार) छलफल गर्छौं,' उनले भने।
मधेसमा कम्तीमा ४६ प्रतिशत हुनुपर्ने पार्टीको माग रहेको पनि बताए। 'कम्तीमा ४६ प्रतिशत हुनुपर्छ भन्ने हाम्रो माग हो,' उनले भने, 'सरकारले बढाएको संख्या अपर्याप्त छ।'
प्रकाशित: ९ जेष्ठ २०७४ ०२:१९ मंगलबार