४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा

 प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ।

बुधबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको स्वाभिमान माथि आघात पुर्‍याएको भन्दै राजीनामाको माग गरेको हो।

प्रधामन्त्री दाहालले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको भन्ने अभिव्यक्ति दिएपछि सो अभिव्यक्तिको बिरोधमा एमाले लगायतका प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको छ।

संसदमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको बताए। उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक अगाडी बढाउन नदिने बताए।

उनले, ‘यी विषयहरुको बारेमा प्रधानमन्त्रीले आज देशलाई के जवाफ दिनुहुन्छ? देशले उनको त्यो अभिव्यक्ति बारे प्रश्न सोधिरहेको छ । मेचीदेखि महाकालीसम्म आज यो प्रश्न सोधिरहेको छ। आज मैले दुःखका साथ भन्नुपर्छ नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो। देशको हक, हीत र स्वाभिमानको रक्षा, टेबुलमा वार्ता गर्दाखेरी त्यसको पक्षमा अडान लिनसक्ने प्रधानमन्त्री चाहिएको हो। लेन्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन। त्यसैले यो विषय क्लियर नभएसम्म प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद अब अगाडी बढ्न सक्दैन। देशले उहाँको राजीनामा खोजेको छ। म उहाँको राजीनामा माग्छु। हाम्रो दलको तर्फबाट उहाँको राजीनामाको माग गर्छ।’

एमालेको अवरोधका कारण संसद बैठक आधि घण्टाको लागि स्थगित भएको छ।

प्रकाशित: २० असार २०८० १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App