१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भक्तपुर नगरपालिकाका मेयरले काम थाले

भक्तपुर- भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आइतबारबाट नै काम थालेका छन्। मेयर, उपमेयरले नगरपालिकामा र वडा अध्यक्षहरुले आ–आफ्ना वडा कार्यालयहरुमा गएर कार्यभार सम्हालेका हुन्। भक्तपुर नगरपालिकामा १० वटा वडा कार्यालयहरु छन्।

भक्तपुर नगरपालिकामा मेयर, उपमेयरसहित १० वटै वडाका वडा अध्यक्ष तथा सम्पूर्ण सदस्यहरु गरी पूरै टिम ५२ जना नै नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको हो।

कार्यभार सम्हालेसँगै भक्तपुर नगरपालिकाको पहिलो बोर्ड बैठक बस्यो । नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बैठक बसेको थियो। बैठकले शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै स्थानीय तहको निर्वाचनमा मादल चिन्हमा छाप लगाई नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण उम्मेदवारहरुलाई मतदान गरेकोमा सम्पूर्ण भक्तपुर नगरबासीहरुप्रति आभार व्यक्त गरेको छ । साथै स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण कर्मचारी र सुरक्षा निकायप्रति पनि धन्यवाद ज्ञापन गरेको छ।

 

इश्वरको नाममा लिएनन् सपथ

भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा ईश्वरको नाममा सपथ लिएनन् । मुख्य निर्वाचन आयुक्त भोजराज शर्माले ईश्वर, देश र जनताको नाममा सपथ लिन्छु कि भनी सपथको व्यहोरा पढ्दा प्रमुख, उपप्रमुख र वडाध्यक्षमध्ये कसैले पनि ईश्वर शब्द उच्चारण गरेनन्। उनीहरुले ईश्वर शब्दको उच्चारण नगरी ‘देश र जनताको नाममा’ भन्ने बाक्य बोलेका थिए। प्रमुख, उपप्रमुख र वडाध्यक्षसहित सबै प्रतिनिधिहरुले नेपाल मजदुर किसान पार्टीको नीतिअनुसार त्यसो गरेको बताइएको छ । यसअघि पनि सांसदको सपथमा नेमकिपाका सांसदहरुले ईश्वर शब्द नबोल्ने बताइएको छ। भौतिकवादी दर्शन बोकेको दल भएका कारण सो दर्शनअनुसार ईश्वरको अस्तित्व नस्वीकार्ने भएकाले सपथ ग्रहणमा इश्वर शब्द उच्चारण नगरेको जनाइएको छ ।

 

 

प्रकाशित: ७ जेष्ठ २०७४ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App