११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेलाई सिध्याउने खेल पूर्ण असफल: माधव नेपाल

दाङ-  एमाले नेता माधव कुमार नेपालले एमालेलाई सिध्याउन सत्तारुढ दलहरुले खेलेको ‘सत्ता दुरुपयोग’ को खेल पूर्ण रुपमा असफल भएको बताएका छन्। सत्ताको दुरुपयोग गरेर स्थानीय तहमा एमालेलाई फेल खुवाउने सत्तारुढ दलहरुको प्रयास एमालेको सच्चा राष्ट्रबादका अगाडी टिक्न नसकेको दाबी नेता नेपालले गरे । दाङमा शनिवार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले पहिलो चरणको निर्वाचनले सत्तारुढ दलहरुको योजना भताभुंग पारिदिएको बताए । ‘पहिलो तहको निर्वाचनमा एमालेलाई कमजोर बनाएर दोस्रो चरणको निर्वाचनमा त्यसको प्रभाव पारेर एमालेलाई सिध्याउन शक्तिको दुरुपयोगै गरियो,’नेपालले भने ‘तर पहिलो चरणको निर्वाचनमै एमाले यति शक्तिशाली भएर आईदियो कि सत्ताधारीहरुलाई मुख देखाउनै लाजमर्दो हुने अवस्था आयो ।’ सत्ताको दुरुपयोग गरेर स्थानीइ तह कब्जा गर्ने नियतमा सत्ताधारीहरु रहेको भन्दै उनले जनतामा अनावश्यक भ्रम समेत छरिएको आरोप समेत लगाए।

चितवनको भरतपुरमा एमालेको बिजय सुनिश्चित भैसकेको दाबी गर्दै उनले एमालेको त्यो जीत पछि कांग्रेस र एमालेलाई झनै ठूलो झड्का लाग्ने समेत वताए । ‘यिनीहरुलाई अँझै ठूलो झड्का लाग्ने दिन आउँदैछ,’उनले भने ‘भरतपुरमा एमालेले निर्वाचन जित्छ, त्यसपछि उनिहरुले अनुहार कसरी देखाउने हुन् ?’ उनले स्थानीय तहको निर्वाचनपछि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो पार्टी हुने दाबी समेत गरे ।

 

 

 

प्रकाशित: ६ जेष्ठ २०७४ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App