काठमाडाैं – काठमाडौंका मत गणना भइरहेका ४ नगरपालिकामध्ये काँग्रेस ३ र एमालेले १ वटामा अगाडि छन्। चन्द्रागिरी, कागेश्वरी मनोहर र तार्केश्वर नगरपालिकामा काँग्रेस अगाडि छ। त्यस्तै बुढानीलकण्ठमा भने एमालेले अग्रता लिएको छ।
चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका घनश्याम गिरी १०४४२, एमालेका प्रल्हाद कार्की ७७२२ र माओवादी श्रीकृष्ण श्रेष्ठले ३२१८ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेस इन्दिरा श्रेष्ठ ८६१५, एमाले लिसा नकर्मी ८८४५ र माओवादी उर्मिला रोका ३३२८ मत प्राप्त गरेकी छिन् ।
कागेश्वरी मनोहर नगरपालिका
कागेश्वरी मनोहर नगरपालिकाको मेयर पदमा भने नेपाली काँग्रेस उपेन्द्र कार्कीका ५३५१ र एमालेका कृष्णहरि थापाले ४८३० मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयर नेपाली काँग्रेस अनिता अधिकारी ४६६० र एमालेकी विन्दु सिग्देलले ४६९३ मत प्राप्त गरेकी छिन्।
तार्केश्वर नगरपालिका
तार्केश्वर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । मेयर पदमा नेपाली काँग्रेस श्रीराम थापा ६७७३ र एमाले रामकृष्ण बोहरा ६५३७ मत प्राप्त गरेका छन् । उपमेयर भने एमालेले ८३९२ र नेपाली काँग्रेसले ५७०० मत प्राप्त गरेकाे छ।
बुढानीलकण्ठ नगरपालिका
बुढानीलकण्ठ नगरपालिकामा एमालेले अग्रता लिएको छ ।
प्रकाशित: ६ जेष्ठ २०७४ ०७:१८ शनिबार