४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यस पटक इतिहासले सम्झिने गरी राम्रो काम गर्छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन्।

‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’द्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धी प्रतिभासँगको आज भएको भेटघाटमा प्रधानमन्त्रीले मुलुकको समृद्धि, सुशासनका क्षेत्रमा केही नयाँ गर्ने सोच रहेको बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “मैले भनेको थिएँ यस पटक म कुनै नराम्रो काम गर्दिन, नराम्रो काम हुन दिन्नँ। जति गर्छु, देश र जनतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहास र भावी पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।”

सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवापुस्तालाई अपिलसमेत गरे।

प्रधानमन्त्रीले भने, “आज तपाईँहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। आ–आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृ भूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु।”

विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रवर्द्धनमा लाग्न प्रधानमन्त्रीले विशेष आग्रह गरे।

प्रकाशित: १७ असार २०८० ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App