३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरतपुरमा रेणु दाहाल ८४३ मतले पछाडि

देवी ज्ञवाली र

चितवन— भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ। भरतपुरमा वडा नं. १ को मत गणना सकिएर मंगलबार रातिबाट वडा नं. २ को मत गणना सुरु भएको छ। बुधबार बिहान घोषणा भएको पछिल्लो विवरणअनुसार भरतपुरमा मेयर पदमा एमाले उम्मेदवार ज्ञवाली माओवादीकी रेणु दाहालभन्दा ८४३ मतले अगाडि पुगेका छन्। उनले २५०२ मतका साथ अग्रता लिइरहेका छन्।

मंगलबार बिहान घोषणा भएको पछिल्लो विवरणअनुसार भरतपुरमा मेयर पदमा एमाले उम्मेदवार ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहालभन्दा ८४३ मतले अगाडि पुगेका छन्। उनले २५०२ मतका साथ अग्रता लिइरहेका छन्।

काँग्रेस माओवादी गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेणु दाहालको मत १६५९ छ। उपमेयरमा काँग्रेस माओवादी गठबन्धनबाट उम्मेद्वार रहेकी काँग्रेसकी पार्वती शाह अगाडि छन्। शाहको दुई हजार ६६ मत छ। उनलाई नेकपा (एमाले) की दिब्य शर्माले दुई हजार ४४ मतका साथ पछ्याइ रहेकी छन्।

मंगलबार साँझ भरतपुर महानगरपालिकाको वडा नं. १ का अन्तिम मत परिणाम घोषणा हुँदा नेपाली काँग्रेसका उम्मेद्वार जयराम श्रेष्ठ प्रतिस्पर्धी एमाले उम्मेद्वारभन्दा १४ मत बढी ल्याएर वडाध्यक्षमा निर्वाचित भएका थिए। मंगलबार साँझसम्म निकै सुस्त गतिमा अगाडी बढेको भरतपुरको मतगणना कार्य अहिले भने केही छिटो हुन थालेको छ।

भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

तालमेलपछि देखा परेको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो जोडिएको छ। सुरुवाती मत परिणाममा मेयर पदमा एमालेको अग्रता देखिएको छ। काँग्रेसको गढ मानिएका वडाहरुमा पुगेपछि अवस्था के हुने हो भन्ने कौतुहल्ता कायमै छ। अहिलेसम्मको अवस्थामा काँग्रेसलाई जाने मत रेणु दाहाल गएको छ। केही मत एमाले उम्मेद्वार देवी ज्ञवाली तर्फ पनि गएको मत परिणामले देखाएको छ।

प्रकाशित: ३ जेष्ठ २०७४ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App