काठमाडौं- आइतवार सम्पन्न स्थानीय तहको निर्वाचनमा हिमाल पारिको जिल्ला मुस्ताङमा ७६.५३ प्रतिशत मत खसेको छ। जिल्लामा ६ हजार ४ सय ७६ मत खसेको मुस्ताङ प्रहरी प्रमुख डिएसपी हरिहर योगीले जानकारी दिएका।
उनका अनुसार ३ हजार ७१ पुरुष र ३ हजार ४ सय ५ महिलाले मतदान गरेका थिए। शान्तिपूर्ण र उत्साहजन ढंगबाट मतदान सकिएको र सोमबार ८ बजेबाट मतगणना हुने योगीले जनाए।
प्रकाशित: ३१ वैशाख २०७४ १४:३३ आइतबार