१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वडाअध्यक्ष उम्मेदवारसहित २० जना पक्राउ

पर्वत— महाशीला गाउँपालिका–१ होश्राङ्दीबाट प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ। एकआपसमा भएको झगडाले उग्ररुप लिएपछि प्रहरीले वडा अध्यक्ष उम्मेदवारसहित २० जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय हुवासमा राखेको छ। 

हिजो साँझदेखि सुरु भएको विवाद बुधबार पुनः सुरु भई दुईपक्षबिच झडप सुरुभएपछि प्रहरीले प्रेम बिकसहित २० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए। उनले घटनाको बिषयमा अनुसन्धान भइरहेको र के कारणले विवाद भएको भन्ने नखुलेको बताए। 

उता नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्लले भने केही काँग्रेसका कार्यकर्तालाई धम्क्याएपछि विवाद सुरु भएको दाबी गरे । 

 

प्रकाशित: २७ वैशाख २०७४ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App