१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

लन्डन- बेलायतमा हुने संसदीय निर्वाचनमा नेपाली उम्मेदवार हुने निश्चित भएको छ। डार्टफोर्ड काउन्सिलमा हालः लेबर पार्टीबाट काउन्सिलर भएका नेपाली मूलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार हुने भएका छन्।

बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यहरुबाट संसदीय निर्वाचनमा उम्मेदवार हुन चाहेनेले आवेदन मागेकोमा डा. कैनीले आवेदन दिएका थिए।

उम्मेदवारी चयनको प्रारम्भिक प्रकृयामा उक्त क्षेत्रबाट डा. कैनीहित जम्मा तीन जनाको आवेदन परेको थियो। पहिलो चरणमा पार्टीले डेइजी पेजलाई चयन गरे पनि उनले स्वइच्छाले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि पार्टीले कैनीलाई अन्तिम उम्मेवार बनाउने निर्णय गरेको हो।

पार्टीले आफूलाई उम्मेदवार बनाएकोमा प्रसन्नता प्रकट गर्दै कैनीले ११ मेमा औपचारिकरुपमा उम्मेदवारी दर्ता गर्ने जानकारी दिए। नागरिकन्युजसँगको कुराकानीमा उनले पार्टीको चुनावी घोषणापत्रका अतिरिक्त डार्टफोर्ड क्षेत्रको जनताको स्वाथ्य, शिक्षा, यातायात र शहरी विकास आफ्ना मुख्य चुनावी मुद्दा रहेको बताए।

बेलायतको संसदीय इतिहासमा नेपाली मूलको उम्मेदवार बनेको पहिलो पटक हो। यसअघि भारतीय, पाकिस्तानी मूलका व्यक्ति उम्मेदवार बनि सकेका छन्।

डा कैनी लेबर पार्टीको सन २०१४ मा म्यानचेस्टरमा भएको वार्षिक अधिवेशनमा महासमिति प्रतिनिधि थिए। पार्टीको स्थानीय निकायको ट्रेड युनियन संयोजकको रुममा समेत काम गरेका उनले सन २०१५ को स्थानिय निर्वाचनमा उक्त काउन्सिलको काउन्सिलरको रुपमा चार वर्षको लागि निर्वाचित भएका थिए।

तनहुँको कमलाबारीमा जन्मिएका डा. कैनी अहिले क्विन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ ब्यवस्थापकको रुपमा कार्यरत छन्।

प्रकाशित: २६ वैशाख २०७४ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App