४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा साँचो होइनः प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्न उत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताए। उनले संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग,हुलाकी राजमार्ग,सुनकोशी मरिनडाइभर्सन,वागमती कमला चन्द्रनहर लगायतका सिंचाई आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारीक पूर्वाधार आयोजनाहरु तराई मधेसलाई लक्षित गरि नै अगाडि बढाएको बताए।

उनले तराई मधेस समृद्धि कार्यक्रम,मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताए।

उनले भने,‘मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन। संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको छ। यसका अतिरिक्त संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग,हुलाकी राजमार्ग,सुनकोशी मरिण डाइभर्सन,वागमती कमला चन्द्रनहर लगायतका सिंचाई आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारीक पूर्वाधार आयोजनाहरु तराई मधेसलाई लक्षित गरि नै अगाडि बढेका छन्। तराई मधेस समृद्धि कार्यक्रम,मधेशलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको छ। सञ्चालनमा रहेका आयोजनाहरुको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहतम प्रभावलाई समेत सकारात्मक रुपमा लिन आग्रह गर्दछु । विरगञ्जको विकास सरकारको प्राथमिकतामा छ।’

प्रकाशित: ८ असार २०८० ०७:१२ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल