१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद वैशाख २१ गतेसम्मका लागि स्थगित

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

सभामुख ओनसरी घर्तीले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । पूर्वसांसद दनुवारको ८८ वर्षका उमेरमा यही वैशाख १० गते उपचारका क्रममा निधन भएको थियो । 

नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय योद्धा, साहित्यकार एवम् समाजसेवी दनुवार विसं २०४८ सालको आमनिर्वाचनमा सिरहा क्षेत्र नं २बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

पूर्वसांसद दनुवारको निधनप्रति बैठकमा एक मिनेट मौनधारणसमेत गरिएको थियो । संसद्को अर्को बैठक यही वैशाख २१ गते अपराह्न ३ बजे बस्नेछ । रासस 
 

प्रकाशित: १७ वैशाख २०७४ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App