१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

‘वान बेल्ट वान रोड’ मा हस्ताक्षर गर्ने सरकारको तयारी

काठमाडौं-  नेपालले चीनसँग ‘वान बेल्ट वान रोड’ (ओबर) परियोजनामा हस्ताक्षर गर्ने तयारी गरेको छ। बैशाख ३१ र जेठ १ गते बेइजिङमा हुने ओबर सम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलनमा हस्ताक्षरको तयारीका साथ नेपाली प्रतिनिधिमण्डल चीन जान लागेको छ। सम्भवत उपप्रधान तथा अर्थभन्त्री कृष्ण बहादुर महराको नेतृत्वमा ओबरमा हस्ताक्षरको तयारीका साथ नेपाली प्रतिनिधिमण्डल बेइजिङ जाने भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले नागरिक न्युजलाई बताए।

‘सरकारले ओबरमा हस्ताक्षरको तयारी गरिरहेको छ’, मन्त्री लेखकले नागरिक न्युजसँग भने, ‘छलफलमै छौं कहिले अन्तिम निष्कर्षमा पुगेका छैनौं।’

‘सरकारले ओबरमा हस्ताक्षरको तयारी गरिरहेको छ’, मन्त्री लेखकले नागरिक न्युजसँग भने, ‘छलफलमै छौं कहिले अन्तिम निष्कर्षमा पुगेका छैनौं।’

उनका अनुसार ‘वान बेल्ट वान रोड’ परियोजनामा हस्ताक्षरको बारेमा मन्त्रिपरिषदमा छलफल चलिरहेको छ। ओबर सम्वन्धी सम्मेलनमा अतिथिको रुपमा वाणिज्यमन्त्री, भौतिक योजना तथा यातायात मन्त्री, सूचना तथा सञ्चारमन्त्री, र परराष्ट्रमन्त्रीलाई निमन्त्रणा गरेको छ।

गत चैत्रमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको समयमा चिनियाँ राष्ट्रपति सी जिङपिङले ओबर बारे जिज्ञासा राखेका थिए। चीन भ्रमणबाट फर्कने क्रममा प्रधानमन्त्री दाहालले आफुले ओबरमा प्रतिवद्धता जनाएको बताएका थिए।

चीनको महत्वकांक्षी ओबर परियोजनालाई संसार कै ठूलो आर्थिक करिडोरको रुपमा लिने गरिन्छ। परियोजनाले एसिया, युरोप र अफ्रिका जोड्ने छ।  

 

 

प्रकाशित: १५ वैशाख २०७४ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App