४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समाजवादी मोर्चाको यी हुन् लक्ष्य (पूर्णपाठसहित)

चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर पछि जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सहमति पत्र पढेर सुनाएका थिए।। उनले अवधारणापत्र पढेपछि मोर्चाका अध्यक्षहरुले आफ्नो सिटबाट उठेर हातेमालो गर्दै मोर्चा अघि बढाउने ऐक्यबद्धता जनाएका थिए।

मोर्चाले आफ्नो लक्ष्यमा समाजवादको नेपाली बाटो तय गर्ने, विभेदको अन्त्य गर्ने, त्यसका लागि जनदबाब सृजना गर्ने, पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने,राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा पछाडि पारिएका सिमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउने जस्ता कुराहरु समावेश गरेको छ।

यस्तो छ सहमति पत्र:

प्रकाशित: ४ असार २०८० ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App