४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति रामचन्द्र पौडेलकाे एनजिओग्राफी गरियो, अवस्था सामान्य

राष्ट्रपति रामचन्द्र पौडेलको  मुटुमा समस्या आएपछि एनजिओग्राफी गरिएको छ। पौडेलको मंगलबार बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा एनजिओग्राफी गरिएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान ७ बजे पौडेल केन्द्रमा भर्ना भएका थिए। उनलाई मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) देखिएपछि एनजिओग्राफी गरि मुटुको भल्व खोलिएको श्रोतले बताएको छ।

दम र ग्यास्ट्रिकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको हो । एनजिओग्राफीकाे सुरुवाती रिपोर्ट राम्रो छ । पौडेललाई अस्पतालको भिआइपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ । 

भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राफी गरिएको छ। गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरेको हाे । एनजिओग्राफी गरेपछि २४ घण्टा अब्जरभेशनमा राख्नु पर्ने भएकाले भोली बुधबार डिस्चार्ज गर्छ । अहिले पौडेलको अस्वस्था सामान्य रहेको छ।

प्रकाशित: ३० जेष्ठ २०८० ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App