१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने

फाइल तस्बिर

कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले उनीमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो।

समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकबाट कामु प्रधानन्यायाधीस कार्कीका सम्बन्धमा विभिन्न २९ उजुरी परेका जनाइएको छ।

बैठकमा उक्त उजुरी समितिका सदस्यलाई वितरण गरेको छ भने सदस्यले मङ्गलबार अध्ययन गरेपछि बुधबार बैठक राखेर उजुरीकर्तालाई बोलाइ छलफल गर्ने जनाइएको छ।

समितिले जेठ ३२ गते कामु प्रधानन्यायाधीस कार्कीलाई बैठकमा बोलाएर सुनुवाइ प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ। आजको बैठकले समितिको बैठक कार्यविधि परिमार्जनसहित पारित गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App